नेपाल र भारत साफको फाइनलमा, उपाधिका लागि नेपालले भारतसँग खेल्ने

image आँखा संवाददाता बुधबार, आश्वीन २७ २०७८
image

29 असोज । बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ । हिजो बेलुकी मालदिभ्सको राजधानी मालेमा भएको खेलमा बंग्लादेशसँग १‐१ गोलको  बराबरी गर्दै नेपाल पहिलोपटक साफ च्याम्पियन च्याम्पियनसीपको फाइनलमा पुगेको हो । 
जितसँगै नेपालको ७ अंक भएको छ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनशिपमा नेपालले  १३ औँ संस्करणमा आइपुग्दा पहिलो पटक फाइनलमा पुगेर इतिहास रचेको छ । चार खेल खेलेको नेपालले दुईमा जित, एकमा हार र एकमा बराबरी खेलेको हो । 

हिजोको खेलमा नेपाललाई कम्तिमा बराबरी नतिजा आवश्यक थियो भने बंगलादेश जितको खोजीमा थियो ।  बंगलादेशले ९ मिनेटमै अग्रता लिएपछि नेपाल दवावमा परेको थियो । अन्ततः खेलको ८८ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्न सफल भए । 
यसैगरी, गएराती मालेमै भएको अर्को खेलमा आयोजक मालदिभ्सलाई ३‐१ ले हराउँदै भारत फाइनलमा पुगेको छ । भारतको जितमा कप्तान सुनिल छेत्रीले  २ गोल र मानवीर सिंहले एक गोल गरे भने मालदिभ्सका अली अस्फाकले १ गोल फर्काएका थिए । 
यसैवीच प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गर्नुभएको छ । हिजो  साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिंदै  आगामी खेलका लागि शुभेच्छा पनि दिनु भएको छ । 
अर्कातिर नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन् । हिजो बेलुकी बंगलादेशसँगको बराबरीमा सकिएसँगै आयोजित पत्रकार सम्मेलनमा उनले साफ च्याम्पियनशिपको फाइनलपछि राजीनामा दिने घोषणा गरेका हुन् ।
अलमुताइरीले नेपाली टोलीको मुख्य प्रशिक्षकको रूपमा यो नै आफ्नो अन्तिम खेल हुने बताएका छन्  । उनी माल्दिभ्सबाट सिधै कुवेत जानेछन् ।
यसअघि एन्फाका पदाधिकारीसँग विवाद भएपछि उनले फेसबुकमार्फत राजीनामाको घोषणा गरेपनि  पछि यो विषय सेलाएको थियो । 

ad