झापाको भद्रपुरमा एक प्रहरी जवान आफ्नै कोठामा मृत फेला

image आँखा संवाददाता शनिबार, आश्वीन २३ २०७८
image

भद्रपुर,२३ असौज, झापामा एक प्रहरी जवान आफ्नै कोठामा मृत फेला परेका छन्। नेपाल प्रहरी विपत् व्यवस्थापन झापामा कार्यरत प्रहरी जवान सरोज कार्कीले कोठामा झुन्डिएको अवस्थामा शनिवार बिहान फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
करिब २५ वर्षीय सरोज भद्रपुर नगरपालिका–८ स्थित पुरानो विदुर बोर्डिङ स्कुल नजिकै एक घरमा भाडा बस्दै आएका थिए। उनी मेचीनगर नगरपालिका-४ बाहुनडाँगीका हुन्। उनको श्रीमती पनि प्रहरीमा कार्यरत छन्। उनी श्रीमती र नानीसँग त्यही बस्दै आएका थिए।

प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए। ‘अहिले नै केही भन्न मिल्दैन, हामी यस विषयमा गम्भीर छौं,’ उनले भने, ‘हाम्रै कर्मचारीको मृत्यु भएकाले घटनाको विषयमा अनुसन्धान थालिसकेका छौँ।’