नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अल्मुताइरी र एन्फाबीच तीन वर्षको सम्झौता

image आँखा संवाददाता बुधबार, कात्तिक १० २०७८
image

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग तीन वर्षको सम्झौता गरेको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, कतार फुटबल संघका पदाधिकारी र अल्मुताइरीबीच भएको छलफलपछि उनी थप तीन वर्ष नेपाल बस्न तयार भएका हुन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले आफूले एन्फासँग तीन वर्षको सम्झौता गरेको जानकारी गराएका हुन् ।