स्रष्टा नेपालको बाँच्नुको एउटा जीवन आत्मकथाको विमोचन  

image आँखा संवाददाता शनिबार, आश्वीन १६ २०७८
image


भद्रपुर, १६ अशोज ।
झापा चन्द्रगढीका स्रष्टा गणेशप्रसाद नेपालको दोस्रो कृति बाँच्नुको एउटा जीवन आत्मकथाको विमोचन गरिएको छ ।
चार दशक बढी सरकारी विद्यालयमा शिक्षण पेशामा सेवा प्रवाह गरेका स्रष्टा नेपालको दोस्रो कृति बाँच्नुको एउटा जीवन आत्मकथाको विमोचन आख्यानकार पुण्यप्रसाद खरेलले गरेका हुन् ।
लेखनाथ पुस्तकालय चन्द्रगढी तथा वर्तमान साहित्य प्रतिष्ठान चन्द्रगढीको सम्युक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्रष्टाको परिचय कृष्ण सुवेदी निराकारले गरेका थिए भने कृतिको परिचर्चा सहित समालोचना सहप्राध्यापक तारा विविध तथा साहित्यकार भवानी क्षेत्रीले गरेकी थिइन् ।
पुस्तकालयका सभापति नवराज घिमिरेको सभापतित्व तथा वर्तमान साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण अनमोलको स्वागत रहेको कार्यक्रममा भद्रपुर नगर क्षेत्रका लेखक तथा साहित्यकार लगायत झापाली स्रष्टाहरूको उपस्थिति रहेको थियो ।