कारागारमा आगो लाग्दा ४१ बन्दीको जलेर मृत्यु

image एजेन्सी बुधबार, भाद्र २३ २०७८
image

जार्काता, २३ भदौ इन्डोनेसियाको एउटा कारागारमा आगो लाग्दा कम्तिमा ४१ बन्दीको मृत्यु भएको छ । आगोलागीमा दर्जनौं घाइते भएका छन् । बुधबार बिहान राजधानी जार्काताबाट केही किलोमिटर टाढा रहेको तंगराङ कारागारको एउटा ब्लकमा अकस्मात आगो लागेको थियो । आगो लागेको समयमा अधिकांश बन्दीहरु सुतिरहेका थिए । 

आगो लाग्दा कारागारको सो ब्लकमा एक सय २२ बन्दी थिए । कारागारको क्षमता ६ सय भए पनि त्यहाँ दुई हजार बन्दी राखिएको थियो । कारागारका बन्दीमध्ये अधिकांश दुव्र्यसनीमा आबद्ध थिए । आगोलागीको कारण खुलेको छैन् । सर्ट सर्किटका कारण आगो फैलिएको हुन सक्ने अस्पताल प्रशासनले अनुमान गरेको छ । आगोलागीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।