कविता -भीड

image अमृता खरेल  बुधबार, आश्वीन १३ २०७८
image

कविता -भीड

 

यि हजारौं अनुहारहरूको भिडमा

एक अनुहार  यस्तो हुन्छ ...

कतै आफू जस्तै हुन्छ 

कतै तिमी जस्तै हुन्छ ।

 

कोही मुस्कानसँगै जिन्दगीका रङ बोक्छन्

कोही आँसुसँग जिन्दगीका  ढंग बेच्छन्।

 

यि लाखौं सपनाहरुको भिडमा 

एउटा सपना यस्तो हुन्छ .....

कतै आफू जस्तै हुन्छ 

कतै तिमी जस्तै हुन्छ ।

 

भन्यो मनले ,

जानेलाई  जान देऊ 

खुसी खुसी जीन्दगीबाट 

छैन अजम्बरी  कोही 

जानुनै त छ 

एक  दिन  यो संसारबाट ....

 

ऊ फूलको मायाले रोएको छ 

तिमी जूनको यादमा नरोऊ 

सिकाएको छ पाठ जिन्दगीले यही ,

जिन्दगीकै परिधिबाट ........

 

यि करोडौं श्वासहरुको भिडमा 

एउटा  धड्कन यस्तो हुन्छ ।

कतै आफू जस्तै हुन्छ 

कतै तिमी जस्तै हुन्छ ।

 

अमृता खरेल 

भद्रपुर

ad