झापामा एक प्रहरी कर्मचारीको डुबेर मृत्यु

image आँखा संवाददाता सोमबार, भाद्र २८ २०७८
image

झापा / झापामा एक प्रहरी कर्मचारीको डुबेर मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा धनकुटा जिल्ला पाख्रीबास नगरपालिका- १४ घर भई हाल कचनकवल गाउँपालिका- १ स्थित प्रहरी चौकी पिन्डलबारीमा कार्यरत २५ वर्षीय प्रहरी जवान सरोज गिरी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरी जवान २०७३ साल भदौ १५ गते नेपाल प्रहरीमा प्रवेश गरेका थिए । उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय झापामा थियो ।

उनले नेपाल प्रहरीकै महिला कर्मचारीसँग विवाह गरेका थिए । प्रहरीका अनुसार कचनकवल–१ स्थित अवध राजवंशीसहित ८ जनाको लगानीमा खनिएको माछा पोखरीमा प्रहरी जवान गिरी सोमबार बिहान नुहाउन गएका थिए । नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले खोजतलास गर्दा उनलाई मृत अवस्थामा फेला पारेको डिएसपी थापाले बताए । 

ad