नरिकालाइ आफ्नै नगरमा भव्य स्वागत, टहललाइ बिदाइ

image आँखा संवाददाता शुक्रबार​, भाद्र १८ २०७८
image

चन्द्रगढी, १८ भाद्र । एसियाली खेलकुद प्रतियोगिता अन्र्तगत हालै दुवइमा सम्पन्न जुनियर बक्सिङ प्रतियोगितामा कास्य पदक जित्न सफल नरिका राईलाई हिजो भद्रपुरमा स्वागत-सम्मान गरिएको छ ।
भद्रपुर ९ घर भएकी १७ वर्षीय नरिकाले ५७ केजी तौल समूहमा कास्य पदक जित्न सफल भएकी हुन् ।झापा जिल्ला बक्सिङ संघका पदाधिकारी तथा खेलाडीहरूले कास्य पदक बिजेता नरिकालाई फूल माला अर्पण गर्दै भव्य स्वागत सम्मान गरेका हुन्। 

 

दुबइ हुँदै काठमाण्डौबाट  प्रमुख प्रशिक्षक दिपक महर्जन, प्रशिक्षक डम्बरबहादुर लिम्बू तथा टिम व्यवस्थापक तर्कराज राईले खेलाडी नरिकालाई लिएर हवाइजहाज मार्फत झापा आएका थिए ।

स्वागत कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, संघका झापा अध्यक्ष सञ्जीव घोष सहितको खेल सम्बद्ध टोलीले स्वागत सहित सम्मान गरेको थियो ।

बक्सिङ संघ झापाका अध्यक्ष सञ्जीव घोषको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल बक्सिङ संघका उपाध्यक्ष भोजराज सिटौला,  प्रमुख प्रशिक्षक दिपक महर्जन, प्रशिक्षक डम्बरबहादुर लिम्बू, टिम व्यवस्थापक तर्कराज राई लगायतले मन्तव्य राख्दै झापा बक्सिङ संघका वर्तमान अध्यक्षको लगनशीलताले नरिका जस्ता गौरव बोकेका सवल बक्सिङका  खेलाडी नेपालको गरिमा बनेको धारणा राखेका थिए ।कार्यक्रमको संचालन कृति राइले गरेकी थिइन /

यस्तै, झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली सेवा निवृत्त हुनुभएको छ। खेलकुद विकास समितिको कार्यालयमा अनिवार्य अवकाश पाएका उहाँलाई हिजो कार्यालयका कर्मचारीहरूले विदाई गरेका हुन्। 
जिल्ला खेलकुद विकास समितिको सचिवालय प्रमुख भएर झापाको खेलकुद क्षेत्रमा क्रियाशील मैनालीलाई सेवा निवृत्त जीवनको शुभकामना दिदै विदाई गरिएको हो ।विदाईका अवसरमा, मैनालीले संकटमा पुगेको झापाको खेल क्षेत्रलाई हाँकेको स्मरण गर्दै लामो समय कार्यालयको जिम्मेवार पदमा बसेर दिएको योगदानको चर्चा  गरिएको थियो । 

ad