इनर व्हीलद्धारा पहिलो पटक रक्तदान कार्यक्रम, ४४ जनाले गरे रगत दान

image आँखा संवाददाता सोमबार, भाद्र २१ २०७८
image

भद्रपुर,२१ भदौ । इनर व्हील क्लव अफ भद्रपुरको आयोजनामा आज भद्रपुर ३ को ज्ञानेचौकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखा, रोटरी क्ल अफ भद्रपुर र रोट्याक क्लव अफ भद्रपुरको समन्वय र रक्त सन्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

कोरोनाको महामारीले गर्दा स्वास्थ्य क्षेत्रमा परेको प्रतिकुल असरका कारण झापामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रसको ५९ औ स्थापना दिवसको अवसरमा भद्रपुर उपशाखाको साताव्यापी कार्यक्रम अन्तर्गत तेश्रो दिनको सो कार्यक्रम सम्पन्न भएको हो । एक महिला सहित ४४ जनाले रक्तदान गरेको उक्त कार्यक्रमको शुभआरम्भ इनर व्हील क्लवकी अध्यक्ष कुसुम अधिकारी पराजुलीले गर्नुभएको थियो ।

सोही कार्यक्रमका विच ज्ञाने चौक फुटवल क्लबको प्रथम वार्षिक उत्षव पनि मनाइएको थियो । क्लबका अध्यक्ष शमसेर मोक्तान लगायत क्लवको टोलीले केक काटेर वार्षिक उत्सव मनाएको थियो ।