विश्वकर्मा पूजा, फलामे औजारको पूजाआजा गरिँदै

image आँखा संवाददाता बिहीबार, भाद्र ३१ २०७८
image

भद्रपुर, १ असोज ।  प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजा आज फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखानामा पूजाआजा गरी मनाइदैछ ।विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखानामा रङ्गीचङ्गी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गरीने  छ ।

सवारी साधन हुनेले बिहानै सवारी साधनको सफा गरी पूजा गर्छन भने अन्य सार्वजनिक सवारीका साधनलाई पनि रिवन तथा विभिन्न ध्वजापताका लगाएर सि‌गार्ने सजाउने प्रचलन छ।आज पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ ।

विगतमा विशेष गरी तराई क्षेत्रमा धुमधामका साथ विश्वकर्मा पूजा गरिने गरेकामा पछिल्ला केही वर्ष यता पहाडी जिल्लामा पनि यसको गरिमा र महत्व बढ्दै गएको छ ।

ad