नेपाल धेरैलाई कोभिड खोप लगाउने दक्षिण एशियाली देशमध्ये चौथो स्थानमा

image आँखा संवाददाता सोमबार, आश्वीन ४ २०७८
image

नेपालमा केही सातायता कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या घट्न थालेको सरकारी तथ्याङ्कले देखाउँछ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार विगत एक सातामा दैनिक ७३४ देखि १,७६० को बीचमा नयाँ सङ्क्रमित थपिएका छन्।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार दक्षिण एशियाली मुलुकमध्ये कोभिडबाट सबैभन्दा बढी सङ्क्रमित र मृत्यु हुने मानिस भारतका छन्।

त्यहाँ अहिलेसम्म ३,३४,४८,१६३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ४,४४,८३८ जनाको कोभिडका कारण मृत्यु भएको तथ्याङ्क छ।

सो विश्वविद्यालयका अनुसार विगत २८ दिनमा भारतमा ९,९८,८८७ जना सङ्क्रमित थपिएका छन् भने १०,०८२ जनाको कोभिडबाट मृत्यु भएको छ।

भारतमा कुल जनसङ्ख्याको १४.५५ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाइसकेको तथ्याङ्क छ।नेपालमा कुल ८,७३,५३४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ११,०४० जनाको कोभिडबाट मृत्यु भएको छ।नेपालमा कुल जनसङ्ख्यामध्ये १९.४४ प्रतिशतले पूर्ण मात्राको खोप पाइसकेको तथ्याङ्क छ।

ad