प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ

image आँखा संवाददाता मङ्गलबार, भाद्र २९ २०७८
image

झापा , भदौ २९ । ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बिर्तामोडमा दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मोरङ पथरी २ बुद्ध चोक बस्ने ३४ वर्षिय भिमराज राई र सोही नगरपालिका १ बस्ने ३२ वर्षिय अनुप सुब्बा लिम्बु रहेका छन् ।

सोमबार राति ९.३० बजे बिर्तामोड ३ बिर्ताबजारमा ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले को २७ प ८६७४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट २३ ग्राम ब्राउनसुगर र दुईवटा मोवाईल बरामद गरेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ad