प्रदेश २ सरकारले ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालन गर्ने

image आँखा संवाददाता सोमबार, भाद्र २८ २०७८
image

जनकपुरधाम, २७ भदौ प्रदेश २ सरकारले कोभिड–१९ लाई मध्यनजर गर्दै ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

प्रदेश कोभिड–१९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोना माहामारीविरुद्धको सचेतना अभियानअन्तर्गत ‘नो मास्क नो सर्भिस’ निर्णय हो । 

कोरोना संक्रमितको संख्याम घटेसँगै सर्वसधारणमा मास्क प्रयोग गर्न लापबाही गर्ने गरेकोले उक्त अभियान चलाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद साचिवालयले जनाएको छ । प्रदेश सरकारले मास्क प्रयोगमा सर्वसाधारणलाई सचेत गराउन सञ्चारमाध्यममार्फत विज्ञपन प्रशारण गर्ने निर्णयसमेत गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह, समाजिक बिकास मन्त्री नलव किशोर साह, प्रमुख सचिवलगायत सरोकार बलाहरूको सहभागिता रहेको थियो ।

ad