वैदिक बचतको दशौं सभा सम्पन्न

image आँखा संवाददाता आइतबार​, आश्वीन ३ २०७८
image

भद्रपुर, ३ असोज  ।वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० को दशौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष अरूण बस्नेतको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा विस्तारित वैठक मार्फत सभा सम्पन्न गरिएको हो ।

अध्यक्ष बस्नेतले वार्षिक प्रगति विवरण सहित आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शेयरधनी लक्षित कार्ययोजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष डिल्लीराम अधिकारीले एक करोड ९ लाख ९६ हजार ३२८ रूपैयाको वार्षिक कारोवार भएको संस्थामा २ लाख ५ हजार ३५ रूपैया खुद नाफा भएको आर्थिक प्रगति विवरण पेश गरेका थिए ।

उपाध्यक्ष प्रकाश निरौलाले स्वागत गरेको कार्यक्रममा लेखा समितिका संयोजक मुरारी न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थालाई स्थापना कालदेखि सहयोग गर्ने कविता राईलाई सम्मान समेत गरिएको थियो ।

यसैबीच वैदिक बचत तथा ऋण सहकारी संस्थाले दशौं सभाको अवसर पारेर समयानुकुल नयाँ प्रविधि सहित शेयरधनीलाई सेवा प्रवाह गर्ने उद्देश्यका साथ नयाँ भवनबाट कारोवार सुरू गरिएको छ ।

भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीले सहकारीको नँया कार्यालयको उद्घाटन गरेपछि नयाँ भवनबाट कारोवार सुरू गरिएको हो ।

ad