गाई , बाच्छी तथा कृषि औजार बितरण 

image आँखा संवाददाता बुधबार, भाद्र १६ २०७८
image

१६ भाद्र , चन्द्रगढी । झापाको भद्रपुर वडा न .१० का अति बिपन्न तथा पिछडिएका कृषकहरुलाई लक्षित गरी दर्जन बढी  गाई तथा बाच्छी बितरण गरिएको छ । गोलोक गोबर्धन गौशाला , शिवसताक्षीले उपलब्ध गराएका  गाई , बाच्छी भद्रपुर नगरपालिका वडा न १ण् द्वारा आयोजित कार्यक्रममा बितरण गरिएको हो ।
 

भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमा वडा न १० का टोल बिकास सस्थाहरुलाइ  नगरपालिकाले कृषि औजार समेत बितरण गरेको थियो ।सोही अवसरमा कोभिड १९ को विषम अवस्थामा पनि अहोरात्र सेवा पुर्याएकोमा भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन हेल्थ असिस्टेन्ट मनोज भट्टराई लाई सम्मान गरिएको थियो ।
 

सो कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख जीवन कुमार श्रेष्ठ , उपप्रमुख चन्द्र माया श्रेष्ठ , नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत होमनाथ भट्टराई , गोलोक गोबर्धन गौशालाका अध्यक्ष नन्द किशोर भारद्वाज , महासचिब घनश्याम अधिकारी र नेकपा एमाले भद्रपुर नगर इन्चार्ज असारु राजबन्शीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
 

भद्रपुर वडा न .१०का वडाध्यक्ष टेक बहादुर खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन वडा सचिव मन कुमार डागीले सन्चालन गर्नु भएको थियो ।