असोज ४ गतेबाट भद्रपुरका सवै विद्यालय खोलिने

image आँखा संवाददाता बिहीबार, भाद्र ३१ २०७८
image

भद्रपुर, ३१ भदौ । भद्रपुर नगर शिक्षा समितिले असोज ४ गते वाट विध्यार्थीहरुलाइ उपस्थित गराएर  विद्यालय खोल्ने निर्णय गरेको छ ।भद्रपुर नगर पालिकाले  स्वास्थ्य मापदण्ड अपनाएर नगर भित्रका सवै विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो ।

नगर प्रमुख जीवन कुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले सरकारले तोकेको स्वास्थ्य सुरक्षाका सावधानीलाइ पूर्ण पालना गर्दै भौतिक रुपमा कक्षा नर्सरी देखि कक्षा १२ सम्म विध्यालय संचालन गर्ने निर्णय गरेको नगर शिक्षा प्रमुख प्रेम वहादुर भुजेलले जानकारी दिनुभयो ।