विश्वमा आजः हेगमा फ्रोन्सली दूतको अपहरणदेखि ओस्लो सम्झौतामा हस्ताक्षर

image आँखा संवाददाता सोमबार, भाद्र २८ २०७८
image

आज सेप्टेम्बर १३ । आज विश्व इतिहासमा राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ केही महत्वपूर्ण घटनाः

ओस्लो सम्झौतामा हस्ताक्षर
सन् १९९३ मा ओस्लो सम्झौतामा हस्ताक्षर भएको थियो  । सम्झौतापछि प्यालेस्टेनमा अन्तरिम सरकार तथा प्यालेस्टिनी राष्ट्रिय निकाय (पीएनए) को स्थापना भएको थियो । त्यस्तै, सो सम्झौताअनुसार वेस्ट वैंक तथा गाजाबाट इजरेली फौज स्वदेश फर्किएको थियो । 

हेगमा फ्रोन्सली दूतको अपहरण
लेबनानमा स्थापना भएको कम्युनिष्ट लडाकु समूह जापानी रेड आर्मीका तीन जवान हेगस्थित फ्रोन्सली  दूतावासमा पसेर फ्रान्सका राजदूतसहित १० जनालाइ बन्धक बनाएका थिए । लडाकुले आफ्ना अर्का सदस्यको सकुशल रिहा गर्नुका साथै दूतावासबाट केही रकमसमेत लगेका थिए । माग पुरा भएपछि बन्धक बनाइएका सबैलाई सकशुल रिहा गरिएको थियो ।

न्युजिल्याण्डको संसदले पायो पहिलो महिला सांसद
न्युजिल्याण्डको संसदमा सर्वप्रथम सन् १९३३ मा पहिलो पटक महिला सांसद निर्वाचित भएकी थिइन । संसदको उपनिर्वाचनमा एलिजाबेथ म्याककोम्बस विजयी भएकी थिइन् । पतिको मृत्युपछि रिक्त पदमा उनी चुनावमा प्रतिष्प्रर्धा गरेकी थिइन् ।

रेकर्ड गरिएको विश्वको पहिलो सवारी दुर्घटना
विश्वमा विभिन्न सवारी दुर्घटना हुने गरेका छन् । दुर्घटनाकै कारण दैनिक दर्जनौंको ज्यान जान्छ । तर, सवैभन्दा पहिला कहाँ र कहिले सवारी दुर्घटना भएको थियो भन्ने बारेमा सबैको चासो हुन सक्छ ।  न्युयोर्क सहरका हेनरी एच ब्लिसको बाटो काट्ने क्रममा एउटा ट्याक्सीको ठक्करबाट ज्यान गएको थियो । यो नै रेकर्ड गरिएको विश्वको पहिलो सवारी दुर्घटना हो ।  

ad