इनरव्हीलद्वारा निम्न आय भएका समुदायलाई दिवा भोज

image आँखा संवाददाता शनिबार, आश्वीन २ २०७८
image

भद्रपुर, असोज २ । विश्व शान्ति दिवसको अवसरमा भद्रपुर ३ स्थित किचकवधमा निम्न आय भएका समुदायलाई दिवा भोजको व्यवस्था गरिएको छ ।इनरव्हील क्लव अफ भद्रपुरले स्थानीय समुदायका निम्न वर्गका परिवारका लागि दिवा भोजको आयोजना गरेको थियो । विशेष गरेर चिया बगानमा काम गर्ने मजदुर परिवार बढी भएको किचकवधमा त्यस्ता समुदायलाई लक्षित गरी कार्यक्रम गरिएको सामाजिक क्रियाकलापमा सक्रिय इनरव्हील क्लवले जनाएको छ ।
यसअघि क्लबले भद्रपुर २ को ज्ञाने चौकमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । संविधान दिवस समेत परेकोले स्थानीय जनसमुदाय केन्द्रित कार्यक्रम राखिएको क्लवका अध्यक्ष कुशुम अधिकारी पराजुलीले बताइन् । कार्यक्रममा स्थानीय शमशेर मोक्तानलगायतका युवाहरुको सहयोग रहेको थियो । कार्यक्रममा चालीसभन्दा बढीको सहभागिता रहेको थियो ।