चन्द नेतृत्वको नेकपाको झापा सदरमुकाममा बिरोध रयाली

image आँखा संवाददाता शनिबार, भाद्र २६ २०७८
image

चन्द्रगढी, २५ भदौ ।नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले एमसीसीको विरोध गर्दै झापाको सदरमुकाम चन्द्रगढीमा वृहद प्रदर्शन गरेको छ ।

एमसीसी  राष्ट्रघाती कदम भएकोले संसदमा अनुमोदन नगर्न दबाव स्वरूप झापा सदरमुकाममा  विरोध प्रदर्शन गरेको हो ।

एमसीसी बिरूद्ध चर्को नारावाजी गर्दै नेकपाका झापा जिल्ला इञ्चार्ज सुमन लिम्बूको नेतृत्वमा चन्द्रगढी स्थित ट्रेडयुनियन चौकबाट सुरू भएको विरोध -र्यालीले सदरमुकाम स्थित सरकारी कार्यालय परिसर हुँदै चन्द्रगढी परिक्रमा गरेको थियो ।

नेता कार्यकर्ताले सहभागिता जनाएको विरोध -र्यालीमा सरकार बिरूद्ध चर्को नारावाजी समेत गरिएको थियो भने  प्रहरीले सुरक्षा निगरानी राखेको थियो ।