मूर्ति निर्माणमा व्यस्त विष्णु राजवंशी

image आँखा संवाददाता सोमबार, भाद्र २८ २०७८
image

भद्रपुर । झापाको साविक महेशपुर ६ हाल भद्रपुर ६ मोतियावारी माता मन्दिर छेउमा दुई दशकयता माटाको मूर्ति बनाएर जीवन गुजारा गर्दै आएका कलाकार विष्णु राजवंशी लगनशील र मेहनती युवाको परिचय बनाउन सफल छन् ।

अभिषेक मूर्ति उद्योगका नाममा चर्चित उनको पेशा मेचीदेखि महाकालीसम्म चर्चा कमाएर फैलिएको छ । पछिल्ला केही वर्षयता आदिवासी जनजातिको मौलिक पहिचान जगाउन कला र संस्कृति संरक्षणमा जुटेका छन् ।

हिन्दु परम्पराका विशेष गरी विश्वकर्म पूजा, दशैं, तिहार, छठ, सरस्वती पूजा लगायत मूर्तिको खपत हुने देवि देवताका पूजाका लागि आवश्यक मूर्ति निर्माणमा सकृय राजवंशी विभिन्न जातीय संस्कार संस्कृतिका झलक दिने मूर्ति वनाउन व्यस्त रहने गरेका छन् ।

उनी पिताको पेशालाई निरन्तरता दिने दोस्रो पुस्ताका मूर्तिकार हुन । उनको मूर्तिकला हिन्दु संस्कृतिका विभिन्न पर्वहरुमा बढी खपत हुने कारण परिवार पाल्ने पेशा बन्न सफल छ । दुई जना छोरा छोरीलाई स्तरीय शिक्षा दिने, घर परिवार धान्ने आधार रहेको मूर्तिकला राजवंशी परिवारको पहिचान पनि हो । पछिल्ला दुइ वर्षयता कोरोना संक्रमण बढेँसंगै राजवंशीको मूर्तिकलाको पेशा पनि संकटमा फसेको बताउँछन् ।

माटोसंगै खेलेर पाँच जनाको परिवार पाल्दै आएका राजवंशी जीवनलाई मूर्तिसंगै साट्दै भगवान विश्वकर्मा, शिव, पार्वती काली ,छैठी, सरस्वती, लक्ष्मी, भगवती लगायतका विभिन्न देवी देवताका मूर्ति बनाएर आवश्यकताको परिपूर्ति गर्दै आएका राजवंशीले अतिरित्त अन्य जुनसुकै प्रकारका  मुर्ति वनाउने गर्दछन  ।

राजनीतिमा समेत सचेत राजवंशी पछिल्लो समय अघोषित रुपमा राजनीतिक पीँडित भएको गुनासो गर्छन् । उनले आफ्नै पार्टी भित्रका स्वार्थी लोभीपापीको सिकार हुनु परेकोले राजनीतिमा पछाडि परेको अनुभव सुनाउछन् । 

ad