कविता -शत्रु

image -अमृता खरेल  सोमबार, भाद्र २१ २०७८
image

कविता -शत्रु

आँखामा बिझाईरहने अनि,
आँसुहरुमा भेटिने शत्रुको परिचय अनौठो हुन्छ ।
हृदयमा बसेर हृदयनै रेट्नेहरुको 
परिचय अनौठो हुन्छ ।
प्रष्ट नाम नभन्ने ,
खुलेर थर नलेख्ने ,
ओझेलमा परेका त्यस्ता
 ठेगानाहरुको अनुहार अनौठो हुन्छ ।
साच्चै ,
अँध्यारोमा बिलाई जान्छन् 
लड्नु हुन्न भन्छन् फेरि स्वयम्
लडाएर जान्छन्।
यहाँ पर्दा पछि लुकेर गर्ने प्रहार शत्रुका अनौठा हुन्छन्।


-अमृता खरेल 

ad