भद्रपुरमा पाठ्यक्रम निर्माण तथा विकास सम्बन्धी कार्यशाला गोष्ठी शुरू

image आँखा संवाददाता शनिबार, भाद्र २६ २०७८
image

भद्रपुर २५ भदौ / स्थानीय तहले पाठ्यक्रम निर्माण गरी नगरका विद्यालयमा लागू गर्न सक्ने नीति बनेसंगै भद्रपुरमा पाठ्यक्रम निर्माण तथा विकास सम्बन्धी कार्यशाला गोष्ठी शुरू भएको छ। भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा आजबाट सुरु भएको कार्यशाला तीन दिनसम्म सञ्चालन हुनेछ।

नगरपालिकाका विद्यालयहरूमा स्थानीय आवश्यक्तालाई मध्येनजर गर्दै सय पूर्णाङ्कको छुट्टै पाठ्यक्रम निर्माण र विकास गरी १ सय ६० पाठ्यभारको विषयगत पठनपाठन गर्न सकिनेछ। सोही प्रयोजनका लागि आज प्रारम्भिक चरणको कार्यशाला गोष्ठी शुरू भएको हो।

राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षा समिति तथा विभिन्न संघसंस्था र वाल क्लवका प्रतिनिधि सम्मिलित गोष्ठीको उद्घाटन कार्यक्रममा स्वागत नगर शिक्षा अधिकृत प्रेमबहादुर भूजेलले र सन्चालन योगेन्द्र पौडेलले गर्नुभएको छ।

गोष्ठीमा प्रदेश शिक्षा निर्देशनालयका अशोक कालाखेती र बद्री पाण्डेले सहजीकरण गर्नु भएको छ। आजको गोष्ठी पाठ्यक्रम निर्माण र विकासका चरणहरू, नीतिगत व्यवस्था र विषयगत पहिचानका वारेमा केन्द्रित रहेको थियो। 

ad