तिमी नारी 

image प्रतिमा चापागाईं शनिबार, भाद्र २६ २०७८
image

शीर्षक----      तिमी नारी 

 

धेरै छ फरक हामी पुरुष र नारीमा

तिमी आधा मात्र हौ हाम्रो समाजमा

साेचाइ एउटै  होला तिम्रो र मेरोमा

अर्थ फरक लगाइन्छ हाम्रो समाजमा ।

 

योजना तिम्रो तर ब्यवहार मेरो

संस्कार तिम्रो तर घरबार मेरो 

 घर चलाउने तिमी गृहिणी मात्रै

अपजस तिम्रो अनि जस चै मेरो ।

 

धैर्यता तिम्रो गहना भए पछि 

रिसाएर  बोल्ने हक मलाई  छ

 बिना कारण  निहुँ खोज्दै 

ठोक्ने अधिकार मलाई  छ ।

 

उप प्रमुखको उदाहरण  हेर

प्रमुख बन्ने  हक हामीलाई छ ।

तिमी पुच्छर  शिर हौं हामी 

अग्रताको अधिकार हामीलाई छ ।

 

काम गर्ने सबै तिमी हौ

साक्षी किनारामा हामी छौं 

माया गर्ने तिम्रो स्वभाव अनि

रिसको अधिकार हामीलाई  छ ।

 

सफल नारीकाे साथ पाएका

प्रत्येक  पुरुषहरु  सफल बन्छन् 

तर तिनै नारीलाई दाइजोको नाममा

मृत्यु अघि नै सेलाइदिन्छन ।

               

प्रतिमा चापागाईं

मेचिनगर न.पा.७

ad