ट्रायल परीक्षा खुलेसँगै नयाँ नियम

image आँखा संवाददाता सोमबार, श्रावण १८ २०७८
image

साउन अन्तिम सातादेखि ट्रायल परीक्षा खुलाउन लागेको यातायात व्यवस्था विभागले नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ । हाल विद्यमान लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अंक ल्याए मात्रै पास हुने व्यवस्था रहेकोमा त्यसलाई केही सहज हुने गरी व्यवस्था गरिएको छ । सुधारिएको प्रणालीअन्तर्गत अब ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था छ ।

नयाँ व्यवस्थाअनुसार ट्रायल परीक्षामा विभिन्न पक्षलाई आधार मानेर अंक दिइने व्यवस्था छ । जसमा ट्राफिक लाइट, उकालो–ओरालो, स्पिड ब्रेकर, पार्किङलगायतलाई आधार मानेर अलग–अलग नम्बर दिइनेछ । त्यसका आधारमा जम्मा ७० अंक ल्याउनेले ट्रायल पास गर्नेछन् ।राजधानी दैनिकमा खबर छापिएको छ ।