माधव पक्षलाई ठाउँ खाली राख्दै एमालेले बनायो ९ केन्द्रीय विभाग

image आँखा संवाददाता सोमबार, श्रावण १८ २०७८
image

काठमाडौं। नेकपा एमालेले केन्द्रीय विभागहरू गठन गठन गरेको छ। स्थायी कमिटीको सोमबार बसेको बैठकले ९ विभागका प्रमुख र सदस्यहरूको नाम तय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। पार्टी एकताको प्रयास चलिरहेका बेला एमालेले अब पर्खेर बस्न नसक्ने भन्दै सांगठनिक संरचनाहरूलाई पूर्णता दिन लागेको हो। नेपाल पक्ष फर्केर आएको खण्डमा सो समूहका नेताहरूलाई समेट्नका लागि पर्याप्त स्थान सुरक्षित गरिएको उनले बताए।