आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी राष्ट्रले १५ खेलाडी र ८ अफिसियल राख्न पाउने

image आँखा संवाददाता शनिबार, श्रावण ३० २०७८
image

काठमाडौं। आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी राष्ट्रले १५ खेलाडी र ८ अफिसियल राख्न पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आगामी टी-ट्वान्टी विश्वकपमा खेलाडी र अफिसियल गरि २३ सदस्यीय टिम बनाउन अनुमति दिएको हो ।

आईसीसीले २३ सदस्यीय टिमलाई अनुमति दिएको पाकिस्तान क्रिकेट बोर्डले पुष्टि गरेको छ ।

युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।

कोरोना भाईरसलाई मध्येनजर गर्दै आईसीसीले १५ खेलाडी र ८ अफिसियल राख्न दिने निर्णय गरेको हो ।

आईसीसीले गत वर्षबाटै २३ सदस्यीय टिमलाई अनुमति दिएको थियो ।

आईसीसीले २२ खेलाडी र ८ अफिसियल गरि ३० सदस्यीय टिमलाई अनुमति दिने तयारी समेत गरेको छ ।