चोरीका ६ वटा मोटरसाइकल फेला

image आँखा संवाददाता बिहीबार, श्रावण २१ २०७८
image

२१ साउन, संखुवासभा । इलाका प्रहरी कार्यालय, चैनपुरले चोरीका ६ वटा मोटरसाइकल फेला पारेको छ । केही महीनायता नगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो आएपछि थालिएको अनुसन्धानका क्रममा ६ मोटरसाइकल फेला पारिएको हो /

चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार ट्राफिक प्रहरीसमेतको सहयोगमा गरिएको अनुसन्धानकाक्रममा मोटरसाइकल चोरीमा संलग्न चैनपुरका २१ वर्षीय सन्देश शेर्पा पनि पक्राउ परेका छन् ।
‘विशेष चेकजाँचका क्रममा सुमन कार्कीले चलाएको बा ९६ प ३६०२ नम्बरको मोटरसाइकल रोकर जाँच गर्दा च्याचिस नम्बर र इञ्जिन नम्बर मिलेन,’ उनले भने, ‘त्यसपछि कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धानका गर्ने क्रममा उक्त मोटरसाइकल शेर्पाले बेचेको पाइएको थियो ।’
उनीबाट अन्य मोटरसाइकलबारे पनि सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको छ ।

 

ad