वैदेशिक रोजगार कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

image आँखा संवाददाता बिहीबार, श्रावण २८ २०७८
image

झापा, २९ साउन ।

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–६ बस्ने ४८ वर्षिया उर्मिला पन्धाक रहेकी छन् ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ जेठ १७ गतेको फैसला बमोजिम वैदेशिक रोजगार कसुर मुद्दामा पन्धाकलाई एक वर्ष छ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

उनी एक महिना न्यायिक हिरासतमा बसेकी थिइन् भने १ हजार ५६२ रुपैयाँ धरौटी बुझाएकी थिइन् ।  सर्वोच्च अदालत निर्देशनालयद्धारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी हिजो  झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराएको थियो । उनलाई कारागार पठाउनका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।