आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि न्युजिल्याण्डको टिम घोषणा

image आँखा संवाददाता मङ्गलबार, श्रावण २६ २०७८
image

एजेन्सी । न्युजिल्याण्डले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि टिमको घोषणा गरेको छ ।

न्युजिल्याण्डले क्रिकेटले केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

न्युजिल्याण्डले घोषणा गरेको टिममा रोस टेलर, कोलिन डी ग्राण्डहोम र फिन एलेन परेका छैनन् । मार्क चाम्पमान  र टोड अस्टेल विश्वकप खेल्ने टिममा रहेका छन् ।

युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ  ।

न्युजिल्याण्ड समूह-२ मा रहेको छ  । यस समूहमा भारत, पाकिस्तान रहेका छन् ।