पेट्राेलियम पदार्थकाे मूल्य बढ्याे

image आँखा संवाददाता सोमबार, भाद्र ७ २०७८
image

काठमाडाैं । नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले डिजेल, पेट्रोल र मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएकाे हाे । 

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेल, पेट्रोल र मट्टीतेलकाे मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ । जसअनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ कायम भएको छ ।

 निगमका अनुसार खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर २५ रुपैयाँले बढेर १ हजार ४५० पुगेकाे छ । हवाई इन्धनकाे ८६ रुपैयाँ ताेकिएकाे छ ।

 

ad