महन्थ ठाकुरको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

image आँखा संवाददाता बुधबार, श्रावण २० २०७८
image

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुरको मुद्दामा निर्वाचन आयोगलाई १५ दिनभित्र जवाफ दिन भनेको छ । ठाकुर पक्षले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दिने निर्वाचन अयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो /

बुधबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सोही रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश नदिएर १५ दिनभित्र ‘निवेदक (ठाकुर पक्ष) को मागबमोजिमको आदेश किन जारी हुन नपर्ने ? आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खुलाई’ लिखित जवाफ बुझाउन भनेको हो ।

साउन ११ गते जसपा कार्यकारिणी समितिको 'हेडकाउन्ट' गर्दा यादव पक्षले बहुमत पनएपछि आयोगले पार्टीको आधिकारिकता उसैलाई दिएकाे थियाे । साेही निर्णयविरुद्ध ठाकुर पक्ष साउन १५ गते सर्वाेच्च पुगेकाे थियाे ।