पक्राउ गरेको अवैध सामान भन्सार दाखिला

image आँखा संवाददाता आइतबार​, श्रावण २४ २०७८
image

भद्रपुर । सशस्त्र प्रहरी बल नेपालले पक्राउ गरेको अवैध सामान भन्सार दाखिला गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापा मातहत बिओपि बाट खटीएको सहायक प्रहरी निरिक्षक बिभूराज दाहालको टोलीले अवैद रुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको अन्दाजी मुल्य पाचलाख विस हजार बराबरको लत्ताकपडा र बिओपि केचना बाट खटिएको टोलीले करीब रु १३ हजार  बराबरको मल बरामद गरी भद्रपुर भन्सार कार्यालयमा भन्सार दाखिला गरेको प्रहरी नायव उपरिक्षक प्रेम वहादुर भण्डारीले जानकारी दिनुभयो ।