मोटरसाइकलको ठक्करबाट भद्रपुरमा गर्भवतीको मृत्यु

image आँखा संवाददाता बिहीबार, भाद्र १० २०७८
image

झापा , भदौ १० । गएराति भद्रपुरमा मोटरसाइकलको ठक्करबाट एक गर्भवतीको मृत्यु भएको छ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ९ निवासी २३ बर्षीया दीक्षा प्रसाई (चम्लागाई) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार मेची राजमार्गको चारआली–केचना सडकअन्तरगत भद्रपुर– ९ स्थित लक्ष्मी चोकमा राति ८ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको बा २७ प ६४२२ नम्बरको मोटरसाइकलले पैदलयात्री दीक्षालाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गर्भवती दीक्षाको टाउको, दुवै हात र घुँडामा चोट लाग्नुका साथै पेटभित्रको बच्चाको धड्कन नचलेपछि ओम साई पाथीभरा हस्पिटल भद्रपुरले थप उपचारका लागि राति नै लाइफलाइन अस्पताल दमक पठाएको थियो । दमक पुर्याउनासाथ उनको मृत्यु भएको थियो । मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने चालक मेचीनगर नगरपालिका–१३ निवासी ३६ वर्षीय मनप्रसाद तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी राकेश थापाले बताए ।

ad