झापामा जारी निषेधाज्ञा अझ खुकुलो,लामो दुरीका सवारी चल्ने , बजार ७ बजेसम्म खुल्ला

image आँखा संवाददाता बिहीबार, श्रावण ७ २०७८
image

झापा , साउन ७ । झापामा जारी निषेधाज्ञालाई अझ खुकुलो बनाइएको छ ।डिसीसीएमसीको आज बसेको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लामो दुरीका सार्वजनिक यातायातका साधन संचालन गर्न दिने निर्णय गरेको छ । त्यस्तै पसल बजार बेलुका ५ बजेसम्म संचालन हुँदै आएकोमा अब साँझ ७ बजेसम्म संचालन गर्न पाउने निर्णय गरिएको बैठकका एक सहभागीले बताए ।

अन्य निर्णय यथावत राखिएको उनले जानकारी दिए ।निषेधाज्ञालाई साउन १४ गतेसम्म बढाइएको समेत उनले बताए ।

ad