भद्रपुर नगरवासीहरुले कुन कुन ठाँउमा खोप लाउन पाउने छन ?

image आँखा संवाददाता सोमबार, श्रावण ११ २०७८
image

भद्रपुर नगरवासीहरुलाइ कोरोना भाईरस बिरुद्धको लागि भेरोसिल खोप पहिलो मात्रा खोप  निम्न स्थान, मिति र समयमा तपशिल बमोजिमका पहिचान प्रमाण-पत्र वा परिचयपत्र देखाई खोप सुविधा लिन हुन भद्रपुर नगरपालिकाले नगरवासीहरुलाइ अनुरोध गरेको छ ।
खोपको सुविधा पाउने तोकिएका लाभग्राही  ब्यक्ति वा समुहः 
# ५५ वर्ष र सोभन्दा माथि उमेर समुहका कोभिड बिरुद्ध हालसम्म कुनैपनि खोप नलगाउनु हुने आम भद्रपुर नगरवासी ।
#नगरपालिकाका जनप्रतिनिधिहरु, शिक्षक, कर्मचारी,प्राध्यापक ,सार्वजानिक यातायातका चालक-सहचालक(टेम्पो चालकसमेत)।
#अत्यावश्यक सेवामा कार्यरत ब्यक्तिहरु,बिदेश जान भिषा लागेका नागरिक, पेट्रोलियम ब्यबशायमा संलग्न फ्रण्टलाईनमा काम गर्ने कामदार, भन्सार एजेण्ट ,फ्रण्टलाईनमा काम गर्ने तर खोप लगाउन छुटेका सुरक्षाकर्मी ,स्वास्थ्यकर्मि ,झापा जिल्ला स्थित उध्योग बाणिज्य संघका पदाधिकारीहरु ।
#निर्माण ब्यबशायी संघका पदाधिकारीहरु,नेपाल रेडक्रस सोसाईटिका स्वयंसेवकहरु ।
#बैङ्किङ ।बित्तिय। तथा सहकारी संस्थाका क्यास काउण्टरमा वा कलेक्टरको कार्य गर्नुहुने कर्मचारी तथा सुरक्षाकर्मीहरु ।
निम्न खोप केन्द्रहरु र मिति समयः
१) भद्रपुर-१ पृथ्बिनगर स्वास्थ्य चौकी- २०७८।४।१२ र १३ गते १०।३० देखि ३।३० बजेसम्म ।
२)भद्रपुर-२ आधारभुत स्वास्थ्य सेवा केन्द्र -२०७८।४।१२ र १३ गते १०।३० देखि ३।३०बजेसम्म ।
३) महेशपुर स्वास्थ्य चौकी,भद्रपुर-३ - २०७८।३।१२ र१३ गते १०।३०देखि ३।३० बजेसम्म ।
४) मेची अस्पताल,एम सि एच  क्लिनिक भद्रपुर-८ मा -२०७८।४।१२ देखि १५ गतेसम्म ।
५) आधारभूत स्वास्थ्य सेवा केन्द्र,भद्रपुर-४ वडा कार्यालय, २०७८।४।१२ र १३ गते १०।३०देखि ३।३०बजेसम्म ।
६) भद्रपुर-१० वडा कार्यालय परिषर-२०७८।४।१२ गते देखि १५ गतेसम्म ।
७) शहरी स्वास्थ्य केन्द्र,भद्रपुर-५ बजार - २०७८।४।१२ र १३ गते १०।३०देखि ३।३०बजेसम्म ।
८)चन्द्रगढी स्वास्थ्य चौकी ,भद्रपुर-९ मा -२०७८/४/१२ र १३ गते ।
नोटः- खोपका लाभग्राहिले पहिचान खुल्ने परिचयपत्र अनिवार्य लिई आउनुपर्ने छ र साथै कोभिड-१९ सम्बन्धि स्वास्थ्य एवम् सुरक्षाका मापदण्ड मास्क लगाउने ,सामाजिक दुरी कायम अनिवार्य गर्नु पर्ने छ ।