राष्ट्रिय युवा संघद्धारा धार्मिक एवम् पर्यटकीय स्थल किचकबधमा वृहत् वृक्षारोपण

image आँखा संवाददाता शनिबार, श्रावण २ २०७८
image

झापा । किचकबध ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थलमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।   नेकपा एमाले ओली निकट राष्ट्रिय युवा सङ्घ भद्रपुर नगर कमिटीले शनिवार एक कार्यक्रमका बिच भद्रपुर २ स्थित किचकबध धार्मिक एवम् पर्यटकीय स्थलमा विभिन्न प्रजातिका ७०० सय बिरुवा रोपेको हो । 

राष्ट्रिय  युवा सङ्घ नेपाल भद्रपुर नगर कमिटी अध्यक्ष  डिल्लीराम पोखरेलको अध्यक्षता तथा राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय उप महासचिव एवम् प्रदेश १ प्रमुख विजय डाँगीको प्रमुख आतिथ्यमा भएको  वृक्षारोपण कार्यक्रम  प्रदेश सांसद वसन्त बानियाँ, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, एमालेका जिल्ला सचिवालय सदस्य तथा भद्रपुर नगर इन्चार्ज असारु राजवंशी, भद्रपुर नगर अध्यक्ष ब्रह्मलाल ढुङ्गाना, राष्ट्रिय युवा सङ्घ नेपाल स्थायी कमिटी सदस्य अनिता कन्दङवा, केन्द्रीय सचिवालय सदस्य सागर पोर्तेल, मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, विद्यार्थी अनेरास्ववियु केन्द्रीय सदस्य रोशन लामा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सहजीकरण गरेका डिभिजन बन कार्यालय झापा र किचकबध ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेलाई सङ्घले धन्यवाद दिएका थिए ।  सङ्घका नगर सचिव अर्जुन बानियाले सञ्चालन गरेका कार्यक्रममा स्वागत मन्तव्य दीपककुमार अग्रवाल राखेका थिए ।