पत्रकार केशव धितालको निधन

image आँखा संवाददाता बुधबार, श्रावण ६ २०७८
image

झापा , साउन ६ । नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा ऋषि पुस्तक भण्डार बिर्तामोडका पुराना व्यवसायी ७४ वर्षिय केशव धितालको निधन भएको छ/उनको आज राति ८.४० बजे काठमाडौंमा निधन भएको हो ।

मुटु रोग लगायतका समस्याबाट गम्भीर अस्वस्थ भई उनको मनमोहन अस्पताल सितापाइला काठमाडौंमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको आफन्तले जनाएका छन् 

ad