भोलिदेखि इलाम नगरपालिका सिल

image आँखा संवाददाता आइतबार​, श्रावण १० २०७८
image

इलाम ,साउन १० । इलाम नगरक्षेत्रसँगै जिल्लाभर नै कोरोना संक्रमण बढ्दै गएपछि यसको नियन्त्रणका लागि भोलिदेखि इलाम नगरपालिका सिल गर्नका लागि नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ ।

इलाम नगरपालिका नगरकार्यपालिकाको आजको बैंठकले नगर सिल गर्नका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको इलाम नगरपालिका वडा नं। ५ का वडाध्यक्ष तथा प्रवक्ता ठाकुरनारायण श्रेष्ठले वताउनुभयो ।

नगरमा पनि दैनिक संक्रमण बढ्दै गएको तथा मृत्यु हुनेको संख्या पनि बढ्दै गएकाले नगरपालिकालाई एक हप्ताका लागि सिल गर्न बैंठकले सिफारिस गर्ने निर्णय गरेको उहाले वताउनु्भयो ।

अत्यावश्यक सेवाबाहेकका सबै सेवाहरु बन्द गर्ने गरी सिफारिस गरिएको र वडा कार्यालयहरु समेत बन्द रहने प्रवक्ता श्रेष्ठले वताउनुभयो । इलाम नगरपालिकामा दोस्रो लहरपछि ९ सय १६ जना संक्रमित भइसकेका छन् भने १६ जनाको मृत्यु भएको छ /