अबदेखि भारतसँग सातामा पाँचवटा हवाइ उडान हुने

image आँखा संवाददाता मङ्गलबार, श्रावण ५ २०७८
image

काठमाडौं । सरकारले भारतसँग सातामा पाँचवटा उडान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पहिलेको दुईवटा उडानमा वृद्धि गरेर पाँच पुर्‍याउने निर्णय गरेको हो ।

कोभिड-१९ संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्ले थप तीन उडान वृद्धि गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधिमा एयर बबल सुविधाअन्तर्गत सातामा दुईवटा उडान संचालन भएको थियो ।