प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ

image आँखा संवाददाता शुक्रबार​, श्रावण १ २०७८
image

झापा ,साउन १ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बिर्तामोड ३ बिर्ताबजारका एक युवक पक्राउ परेका छन् ।

हिजो दिउँसो ४.३० बजे भद्रपुर वडा नं. ३ स्थित देउनिया पुलमा सीमा प्रहरी चौकी पृथ्वीनगर र बिओपी पृथ्बीनगरबाट खटिएको संयुक्त चेकिङ टोलीले मे ९प २०८० नम्बरको मोटरसाइकललार्ई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार बिर्तामोड ३ बिर्ताबजार बस्ने २२ वर्षिय चन्दन रजकको साथबाट १२ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रवक्ता राकेश थापाले जनाएका छन् ।