देशभर खोप लगाउनेको संख्या ४६ लाख ६१ हजार नाघ्यो

image आँखा संवाददाता शुक्रबार​, श्रावण ८ २०७८
image

काठमाडौं। सरकारले चलाएको कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत खोप लगाउनेको संख्या ४६ लाख ६१ हजार ९६३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाउनेको संख्या यति पुगेको हो।

यीमध्ये पहिलो मात्रा (कोभिसिल्ड र भेरोसेल) लगाउनेको संख्या ३३ लाख ४९ हजार ५१ छ भने खोपको पूर्ण मात्रा लगाउनेको संख्या १३ लाख १२ हजार १२ रहेको छ।

ad