रिभर साइड फाउन्डेसनद्धारा युवा सचेतना कार्यक्रमलाइ तिब्रता

image रबिन ओली आइतबार​, आषाढ २० २०७८
image

बिर्तामोड ।बिर्तामोडको रिभर साइड फाउन्डेसनले युवा सचेतना कार्यक्रमलाइ तिब्रता दिएको छ । आज बिर्तामोडको टाइमलेस होटल परिसरमा कार्यक्रम आयोजना गरि फाउन्डेसनले अभियानलाइ तिब्रता दिएको हो । युनाइटेड रिभर साइड फाउन्डेसनले बिर्तामोड नगरपालिका सगं सहकार्य गरि अभियान शुरु गरेको हो ।

यो साता भरी सन्चालन गरिने कार्यक्रम लाई प्रमुख आथित्यताको सम्बोधन गर्दै नगरपालिकाकी उपप्रमुख पबित्रा महतरा,प्रसाईले युवा लक्ष्यित यस्ता कार्यकर्मले बिर्तामोडका युवालाइ दुर्ब्यसनिबाट बचाउन र भावी युवा पुस्तालाइ सकारात्मक सोचका साथ अघि बढ्न मद्दत पुग्ने बताउनु भएको छ।

कार्यक्रमलाई शुभकामना दिदै,बिर्तामोड नगरपालिकाका प्रसासकिय अधिकृत देवराज कार्कीले बिदेस जाने र उतै पलायन हुने युवालाइ रोक्ने किसिमका युवा लक्ष्यित कार्यक्रम ल्याउन र ल्याएका कार्यक्रमलाई नगरपालिकाले सहजीकरण गरिदिने बताउनु भएको छ।युवा सहजीकरण कार्यक्रममा सहभागिका तर्फबाट बिमा ब्याबसायी सोम नेम्वाङ तथा नेपाल बिचार मन्चंका सदस्य, गिता दाहालले यो किसिमका समाज रुपान्तरण गर्ने कार्यले समृद्धिमा टेवा पुग्ने तथा वैदेशिक रोजगारबाट फर्किएका युवालाइ स्थानिय तहमै आत्मनिर्भर हुने किसिमका जिम्मेवारी दिनुपर्नेमा जोड दिएका थिए।

सस्थाका बरिस्ठ उपाध्यक्ष राज पौडेलको सभापतित्वमा संचालित कार्यक्रममा उपाध्यक्ष तारा कार्किले स्वागत गर्नुभएको थियो भने पहिलो सत्रमा महासचिव रेवती खनाल तथा समापन सत्रको सन्चालन सचिव राजकुमार ओलीले गर्नुभएको थियो। झापाका बरिस्ठ सहजकर्ता बिजय तिम्सिनाले सहजिकरण गर्नु भएको कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष बलबद्र प्रसाईं,पुर्व अध्यक्ष लब घिमिरे,सन्जिव चापागाईं लगाएतले शुभकामना राखेका थिए।

बिगत १० बर्स देखि अदुवा खोला सरसफाइ अभियान तथा बिर्तामोड दुर्ब्यसनी बिरुद्धको शहर बनाउन, लागि परेको सस्थांले आउने दिनमा अझ ससक्त युवा लक्ष्यित कार्यक्रम लिएर आउने सचिव राजकुमार ओलीले जानकारी दिएका छन। बिर्तामोडमा आफ्नै कार्यलय स्थापना गरी सन्चालित फाउन्डेसनले आउने दिनमा बिर्तामोड नगरपालिका र स्थानिय सङ्घं सस्थांहरुसगं सहकार्य गरि अगाडि बढ्ने योजना राखेको अध्यक्ष ओम खड्काले जानकारी दिएका छन।