कविता - नुनिला मुस्कानहरु

image अमृता खरेल बिहीबार, श्रावण ७ २०७८
image

मित्र ,

हरेक जिन्दगीका भोगाईहरुमा

नुनिलो मुस्कानलाई 

झुटको मीठो हाँसोले ढाकी

 पर्दा अघि मुस्कुराएर 

प्रगति भएका अाँसुहरुलाई

 जिवनमा 

साँचेर जिउन पनि त्यहाँ 

साहस चाहिने रहेछ।

कसैले फूललाई काँढा भनी लेखेर गए....

कसैले काँढाहरुमा अाफ्नो जिन्दगी देखेर बाचेका छन्।

यहाँ,

लागेपछिका ठेसहरुमा

 सम्हालिन,

भोगेपछिका चोटहरु 

अंगाल्नपनि,

साहसनै चाहिने त रहेछ ।

मुटु नहुनेहरुले 

मायाको कुरा गरेर गएका छन् ।

साना चित्त हुनेहरुले नै 

मनक‍ो कुरा गरेर गएका छन् ।

रोपेर छुरा बालापनहरुमा 

यौवनको कुरा गरेर गएका छन्।

तर,

हिलो बिच फुल्न पनि साहस चाहिने रहेछ।

अक्षरनै नबनि मेटिएका न्यायहरु 

फेरि फेरि लेख्न न्याय अक्षरहरुमा

साहस चाहिने रहेछ ।

आँट चाहिने रहेछ।