आईपीओ निष्काशनको लागि तीन कम्पनीले मागे अनुमति

image आँखा संवाददाता शुक्रबार​, श्रावण ८ २०७८
image

काठमाडौं। नेपाल धितोपत्र बोर्डसँग तीन कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति मागेका छन्। जाल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र मोलुङ हाइड्रो पावर कम्पनीले अईपीओ निष्काशनको अनुमति मागेका हुन्।

जसमा जाल्पा सामुदायिकले पाँच लाख २२ हजार कित्ता, राष्ट्र उत्थानले आठ लाख ५० हजार कित्ता र मोलुङ हाइड्रोले ३५ लाख ३१ हजार कित्ता सेयर निष्काशनको गर्न आवेदन पेस गरेको बोर्डले बतायो।