आज भद्रपुरमा १ हजार ५ सय ७४ जनाले लगाए खोप

image आँखा संवाददाता बिहीबार, श्रावण १४ २०७८
image

भद्रपुर, १४ साउन । भद्रपुर नगरपालिका क्षेत्र भित्र २ स्थानमा सञ्चालन भएको कोरोना भाईरस बिरुद्दको खोप कार्यक्रम अन्तर्गत पुरुष १०२४ र महिला ५५० जना गरी जम्मा १५७४ जना लाई खोप दिने काम सम्पन्न भयो ।

श्रावण १२ ,१३ र १४ गते सञ्चालन गरिएको खोप कार्यक्रममा खोप पाउनु हुनेको जम्मा संख्या कुल ६६७४ जना रहेको  स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराइले जानकारी दिनुभयो ।