सुजिताको शव सोमबार देवघाटमा अन्त्यष्टि  गरिने

image आँखा संवाददाता आइतबार​, श्रावण ३ २०७८
image

श्रावण ३ काठमाण्डौ । राप्ती नगरपालिका वडा नम्वर ३ निवासी २३ बर्षिय सुजिता भण्डारिको शव घर परिवारले बुझ्ने भएको छ । गत असार ११ गते घरबाट बेपत्ता भएकी भण्डारि आफू अपहरणमा परेको भन्दै आफ्नी दिदि कबिता भण्डारिलाइ रुदै फोन गरेकी थिइन ।
घरबाट हराएको ९ दिन पछि असार २० गते जय श्री ब्रम्हास्थानी सामुदायिक बन क्षेत्र भित्र मृत अबस्थामा भेटिएकी सुजिताको सव अपहरण पछि हत्या गरेर कसैले फालिदिएको आशंकमा देशका विभिन्न स्थानमा दोषी उपर कारबाहीको माग गर्दै संघर्षको कार्यक्रम समेत भएको थियो ।
शनिबार जिल्ला प्रशासन कार्यलय चितवनले  स्थानीय जनप्रतिनिधि ,परिवारका सदस्य ,स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुको माझ हाल सम्म घटनाको अनुसन्धानबाट प्राप्त प्रमाणलाई केही दिनमा सार्वजनिक गर्दै दोषी सार्वजनिक गरिने र कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता दिए लगत्तै परिवारले सव बुझ्ने निर्णय गरेको हो ।
शव सोमबार काठमाण्डौबाट देवघाट ल्याइने र परिवारले परंपरागत रुपमा दाहसंस्कार गर्ने भएको हो । स्थानीय ब्यक्तिहरुले दोषी सार्वजनिक नगरी शव बुझ्न अस्विकार गर्दै आएका थिए । सिडियो कार्यलयमा बसेको सर्बक्षिय भेलामा घटनाको आवश्यक प्रमाण प्राप्त भएको , शखास्पद व्यतिm पक्राउ गरि अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले बताएको थियो । अनुसन्धान भैरहेकोले र केही दिनमा अपराधी सहित रिपोर्ट सार्बजानिक गर्ने प्रतिबद्धता व्यत गरेपछि परिवारले शब बुझने सहमति गरेको हो । 

सुजिताको बुबा यज्ञ भण्डारी शब बुझन आज काठमाण्डौमा हुनुहुन्छ ।