प्रधानमन्त्रीको कुर्सि छोडेर किन बसे देउवा सोफामा !

image आँखा संवाददाता आइतबार​, श्रावण १० २०७८
image

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको शीर्षस्थ नेताहरूको बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा नबसी समान हैसियतमा सोफामै बसेको फरक दृश्यले ध्यान तानेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी बैठकमा देउवा दुई जना पूर्व प्रधानमन्त्री र दुई जना पूर्वउपप्रधानमन्त्रीसँगै सोफामा बसेका छन् । निवर्तमान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको अपमान गरेको प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालको गुनासोबाट प्रधानमन्त्री देउवाले पाठ सिकेको देखिन्छ ।

तत्कालिन नेकपाका दोस्रो अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमै ओलीले आफ्नो अपमान गर्न सचिवालय सदस्य बस्ने कित्तातिर कुर्सी सारिदिएको बताएका थिए भने माधव नेपालले नेकपाबाट फेरि एमालेमा फर्किदा पनि ओलीले आफ्नो मान राख्न नसकेको गुनासो सुनाउने गरेका थिए ।

आजको बसाई लाई धेरैले गठबन्धनलाई सुदृढ र दिगो बनाउन छोडेको सन्देशका रूपमा अर्थ्याएका छन् ।