‘देशव्यापी कविता प्रतियोगिता’मा झापा जिल्लाका राघव न्यौपाने प्रथम

image आँखा संवाददाता मङ्गलबार, आषाढ २२ २०७८
image

भद्रपुर/ नेपाल सरकार, गृह मन्त्रालयद्वारा आयोजित ‘देशव्यापी कविता प्रतियोगिता’मा झापा जिल्लाका राघव न्यौपाने प्रथम पुरस्कृत भएका छन् । भद्रपुर नगरपालिका, वडा नं- ८ का राघव हाल काठमाडौंको मध्यबानेश्वरस्थित भ्याली भ्यू इंग्लिश स्कूलमा कक्षा- १० मा अध्ययनरत् छन् ।

‘लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस-२०२१’ को अवसरमा आयोजित देशव्यापी भर्चुअल कविता वाचन प्रतियोगितामा सामेल १६५ विद्यार्थीमध्येबाट राघव प्रथम भएका हुन् ।

उनले पुरस्कारमा नगद ५ हजार र प्रमाण-पत्र पाएका छन् ।  काठमाडौंकै २ विद्यार्थी द्वितीय र तृतीय भएका सो प्रतियोगितामा प्रदेशगत रूपमा अन्य ७ प्रतिस्पर्धी सान्त्वना पुरस्कृत भएका थिए ।