वडाध्यक्ष सिग्देलले इँट्टा प्रहारबाट थेवे घाइते

image आँखा संवाददाता शनिबार, आषाढ १९ २०७८
image

झापा ,१९ असार । झापा मेचीनगर नगरपालिका १३ का वडाध्यक्ष कृष्णप्रसाद सिग्देलको सांघातिक आक्रमणमा परी कांग्रेसका स्थानीय नेता गम्भीर घाइते भएका छन् ।

सिग्देलले अर्जुन थेवेको टाउकोमा इँटा प्रहार गरि घाइते बनाएका हुन् । थेवेको टाउकोमा ६ टाँका लगाइएको छ । उनको बिर्तामोडको विएण्डसी अस्पतालमा उपचार भइरहेको आफन्तले बताएका छन् । चारआलीमा उपचार असम्भव भएपछि बिर्तामोड लगिएको घटनाका प्रत्यक्षदर्शी नवीन खतिवडाले  बताए ।

शुक्रबार साँझ चारआलीस्थित  थेवेको घर अगाडि सडकमा  ढल निर्माण गर्ने भन्दै वडाध्यक्ष  सिग्देलले बेप्रवाह डोजर चलाउन लगाएपछि उनीहरु बीच विवाद भएको थियोे । थेवेले कति मिटर खन्ने, कसरी ढल बनाउने सल्लाह गरौं भन्नासाथ सिग्देलले म वडाको राजा हुँ त चुप लाग भन्दै थेवेमाथि जाइलागेको खतिवडाले बताए ।

दुईजना बीच धकेलाधकेल भनेपछि वडाध्यक्ष सिग्देलले तलाई मारिदिन्छ भन्दै इँटाले थेवेको टाउकोमा हानेका थिए । इँटा प्रहारबाट थेवे ढलेका थिए । स्थानीयले नजिकैको क्लिनिकमा पुर्‍याएर सामान्य उपचार गराएका थिए । अवस्था गम्भीर रहेकाले विएण्डसीको न्यूरोवार्ड भर्ना गरिएको खतिवडाले बताए ।