खोप काण्डका आरोपी खड्का निलम्बित,यथार्थ छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन

image आँखा संवाददाता शनिबार, श्रावण १६ २०७८
image

भद्रपुर, १६ साउन । विर्तामोडको टाइमलेस होटलमा खोपसहित नगरका फोकल पर्सन ओमबहादुर खड्का शंकास्पद अवस्थामा फेला परेको घटनाको छानविन गर्न समिति गठन भएको छ । जिल्ला कोभिड खोप व्यवस्थापन समितिको आज चन्द्रगढीमा बसेको बैठकले सहायक प्रजिअ तिलोचन रिमालको संयोकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा जिल्ला समन्वय समितिका अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापा, सशस्त्र प्रहरी वल २ नं. हेडक्वाटरका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रसाई र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् ।बैठक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको थियो । समितिले सो घटनाको यथार्थ छानविन गरी सात दिनभित्र प्रतिवेदन दिनुपर्ने निर्णय भएको छ /

यसै गरी  जिल्ला कोभिड खोप व्यवस्थापन समितिले खोप काण्डका आरोपित ओम बहादुर खड्कालाई विर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको फोकल पर्सनबाट निलम्बन गरेको छ । छानविन नटुङ्गिएसम्मका लागि खड्कालाई पदबाट निलम्बन गरिएको हो ।